मकवानपुरमा अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक अवरोधका घटना बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू स्थलगत अनुगमनमा खटिएका छन्। प्रमुख जिल्ला अधिकारी अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बलका एसपी निमन खड्कासहित राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको टोली विभिन्न जोखिमयुक्त क्षेत्रमा पुगेर अवस्थाको अनुगमन