काठमाडौं । लगातारको वर्षा, हावाहुरी र बाढीपहिरोका कारण नेपाल टेलिकमको सञ्चार सेवा प्रभावित भएको छ । गत असोज ८ गतेदेखि आएको विपद्का कारण टेलिकमका विभिन्न पूर्वाधारमा क्षति पुगेपछि धेरै ठाउँमा दूरसञ्चार सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । भारी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न समस्या भएको छ ।