बीवाईडी सिगलको दोस्रो पुस्ता सार्वजनिक, के छन् नयाँ फिचर ?

  • आइबार​ ११ असो २०८३ ०५:०४ AM
काठमाडौं । बीवाईडीले आफ्नो चर्चित विद्युतीय ह्याचब्याक सिगलको दोस्रो पुस्ता चीनमा सार्वजनिक गरेको छ । नयाँ सिगललाई ‘ग्रेट सिगल’ पनि भनिएको छ । नयाँ मोडेलमा अघिल्लो संस्करणको तुलनामा ठूलो प्राविधिक परिवर्तन गरिएको छ । यसअघि अगाडिको भागमा रहेको मोटरलाई पछाडिको एक्सलमा सारिएको छ । यससँगै नयाँ सिगल अब फ्रन्ट–ह्विल ड्राइभको सट्टा रियर–ह्विल ड्राइभ भएको छ