प्रयोगपछि फोहोर मानिने प्लास्टिकको बोतल भविष्यमा विद्युतीय सवारी, स्मार्टफोन र नवीकरणीय ऊर्जा भण्डारणका लागि आवश्यक ब्याट्री निर्माणको कच्चा पदार्थ बन्न सक्ने सम्भावना देखिएको छ । अमेरिकाको पेन स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले प्लास्टिकका बोतलमा प्रयोग हुने पोलिथिलिन टेरेफ्थालेट लाई उच्च गुणस्तरको कृत्रिम ग्राफाइटमा रूपान्तरण गर्न सफल भएको जनाएको छ । डाइमन्ड एण्ड रिलेटेड मटेरियल