परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण साझेदारका रूपमा उपयोग गर्ने सरकारको नीति र प्राथमिकता रहेको बताएका छन्। अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाहरूद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खनालले डायस्पोरासम्बन्धी सरकारका नीतिबारे जानकारी गराएका हुन्। कार्यक्रममा उनले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि र सम्पर्क सञ्जाललाई