काठमाण्डु – भोटेकोशी बाढीपीडितका लागि अमेरिका रहेका विभिन्न तीन नेपाली संस्थाहरूले परराष्ट्रमन्त्री शिशिर खनाललाई २ लाख २६ हजार अमेरिकी डलर सहयोग हस्तान्तरण गरेका छन् । मन्त्री खनाललाई एनएच नेपाली समाजले १ लाख २० हजार अमेरिकी डलर, अमेरिकन नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाले ९३ हजार अमेरिकी डलर र गुरुङ सोसाइटीले १३ हजार अमेरिकी डलर राहत सहयोगको चेक