काठमाण्डु – अविरल वर्षाले इन्द्रसरोवर तालमा पानीको बहाव बढेको छ। आइतबार बिहान ६ः३० बजेसम्म पानीको बहाव १ हजार ५२५.१५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिक र ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले