पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति पक्राउ गरेको हो । उनीविरुद्धको कसुर भने खुलाइएको छैन । उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।