काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले सभापति गगनकुमार थापामाथि गरिएको तल्लो स्तरको टिप्पणीप्रति आपत्ति जनाएका छन् । जनकपुरधाम उपमहानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सभापति थापालाई ‘ग्याङ्स्टर’ भनी आरोप लगाउनेहरूलाई ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै कटाक्ष गरेका हुन् । नेता यादवले नाम नलिई काँग्रेसका एक पूर्वउपसभापतिप्रति लक्षित गर्दै पार्टीका जिम्मेवार तहमा रहेका