काँग्रेस महाधिवेशन प्रतिनिधिमा अस्मिता बयलकोटीको उम्मेदवारी

  • शनिबार १० असो २०८३ १०:५० PM
काठमाडौँ । नेपाली काँग्रेस नेतृ अस्मिता बयलकोटीले पार्टीको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । बयलकोटीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै पार्टीमा युवा सहभागिता, समावेशिता र सङ्गठनभित्र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले क्षेत्रीय प्रतिनिधिको सुझाव, सल्लाह र विश्वासलाई सम्मान गर्दै पार्टीका मूल्य-मान्यताप्रति प्रतिबद्ध भएर जिम्मेवारी निर्वाह गर्ने बताएकी छन् । महाधिवेशन प्रतिनिधि पदमा आफ्नो अमूल्य मत र सहयोग प्रदान गरी विजयी गराउन उनले क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रहसमेत गरेकी छन् । बयलकोटी २०६९ सालदेखि काँग्रेसमा सक्रिय सदस्य हुन् । उनी २०७८ को महाधिवेशनमा प्रदेश प्रतिनिधिको रूपमा निर्वाचित भएकी थिइन भने काँग्रेसबाट नेपालको संविधान जारी भएपछिको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा वडा सदस्य र २०७९ को स्थानीय तहको निर्वाचनमा कार्यपालिका सदस्य निर्वाचित भएर काम गरिरहेकी छन् ।