जुवातास खेल्दाखेल्दै ८ जना पक्राउ

  • शनिबार १० असो २०८३ ०३:१५ PM
धादिङ – जिल्लाको ज्वालामुखी गाउँपालिका–६ सातभञ्ज्याङमा प्रहरीले जुवातास खेल्दाखेल्दै ८ जनालाई पक्राउ गरेको छ । स्थानीय ४५ वर्षीय अर्जुन अर्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा अर्जुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३७ हजार ४९० रूपैयाँ र २१५ पत्ति ताससहित पक्राउ गरेको छ । जुवातास