नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ । शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।