एआईआईबीको बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले कतार प्रस्थान

  • शनिबार १० असो २०८३ ०२:३० PM
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे दोहा प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी