बाणगंगा, १० असोज । अस्पतालमा रगतको आवश्यकता पर्ने बिरामीको संख्या बढिरहँदा कपिलवस्तुको नेपाल किसान ट्याक्टर समितिले आफ्नो स्थापना दिवसलाई मानवीय सेवासँग जोडेको छ । समितिको २७औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० प्वाइन्ट रगत संकलन भएको छ । समितिले स्थापना दिवसमा औपचारिक कार्यक्रम मात्र नगरी रगत अभावको समस्या न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम