कपिलवस्तु, १० असोज । बाढी, डुबान तथा अन्य विपद्का समयमा तत्काल उद्धारका लागि आवश्यक पर्ने साधनस्रोत व्यवस्थापनमा कपिलवस्तुका तीन स्थानीय तहले गत आर्थिक वर्षमै बजेट उपलब्ध गराएको पाइएको छ । बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सशस्त्र प्रहरी बल नेपाल बिन्दवासिनी गणले डुङ्गालगायतका उद्धार सामग्री खरिद तथा व्यवस्थापन गरेको हो । स्थानीय तहले