काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाएको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सदस्यताको विवरण हस्तान्तरण