सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा मधेश प्रदेशबाट २७ करोड ८५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। अवैध सामान ओसारपसारमा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको छ। सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानमा किराना, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, विद्युतीय सामग्री, हार्डवेयर, मोटरपार्ट्स तथा