नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित अवस्थामा रहेको जनाएको छ। जलाशय क्षेत्रमा न्यून वर्षा भइरहेकाले अहिले बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको प्राधिकरणले स्पष्ट पारेको हो। प्राधिकरणले सूचना जारी गर्दै बाँधका ढोका खोल्नुपर्ने अवस्था सिर्जना भएमा त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउने व्यवस्था मिलाइएको जनाएको छ। त्यसका लागि