त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटाहरू अहिले धमिलिँदै गएका छन् । तर ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ भने एक महीनापछि पनि उस्तै छ । गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा आफन्तले अस्पतालको भित्तामा आफ्ना परिवारका सदस्य तथा आफन्तका तस्वीर टाँसेका थिए । बाढी आएको एक