काठमाडौं । हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । शनिबार बिहानदेखि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो । हिल्सा, न्यालु, नारा लेक, बोक्सी हिमाल, पञ्चमुखी, रलिङ र चाङ्लालगायत क्षेत्रमा हिमपात भइरहेको प्रहरीले जनाएको छ । करिब ३५ सय मिटर उचाइसम्मका क्षेत्रमा हिउँ परेको छ । तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । हिमपात र वर्षाका