सशस्त्रका एसपी केसीलाई फोनमा थर्काउने कञ्चनपुरका भन्सार अधिकृतलाई जिम्मेवारीबाट हटाइयो, भएको के थियो ?

  • शनिबार १० असो २०८३ ०८:५९ AM
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच उत्पन्न विवाद सम्बन्धमा अर्थ मन्त्रालयले भन्सार अधिकृत भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको छ । हाललाई उनलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सार्वजनिक भएको विवरणमाथि थप बुझ्नु पर्ने भएको