नेपालको पुनर्निर्माणका सघाउन अन्तर्राष्ट्रिय सम्मेलन गर्न ब्रिटिश सरकारलाई आग्रह

  • शनिबार १० असो २०८३ ०८:१५ AM
अन्तर्राष्ट्रिय कानुनविद् तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले ब्रिटिश सरकारलाई नेपालको पुनःस्थापना र पुनर्निर्माणका सघाउन एउटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने आग्रह गरेका छन्। ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी)को २५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.सुवेदीले नेपालले भोगिरहेको विनाशकारी प्राकृतिक विपद्पछि पुनर्निर्माण र दीर्घकालीन उत्थानशीलताका लागि अन्तरराष्ट्रिय समुदायलाई एकै ठाउँमा ल्याउन बेलायतले