काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवा ८ करोड लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गराउन थालेको छ । २०७२ सालको भूकम्पले जीर्ण भएपछि भत्काइएको सत्तल पुननिर्माणका विषयमा स्थानीय बिच फरक मत भएपछि काम हुन सकेको थिएन । असहमतिसँग सम्बन्धित आवाजलाई प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट सहमतिमा ल्याएपछि पुनःनिर्माणका लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले, जग पूजा र शिलान्यास गर्नुभयो । त्यस क्रममा उहाँले, ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । ‘यी संरचना काठमाडौँका पहिचान स्मारक हुन् ।’ पुनःनिर्माण सुरु हुनु नै हाम्रा लागि पहिलो सफलता हो । वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘भत्किएका सम्पदा बनाउँछौँ भन्दा पनि काम गर्न पाइएको थिएन । सत्तल पुनःनिर्माणपछि वडाको प्रशासनिक सेवा पनि यहीँबाट प्रवाह गर्नेछौँ ।’ शिलान्याससम्मको चरमा ल्याउनु नै ठुलो कुरा बन्यो । वडा सचिव सर्वज्ञराज पौडेलले भन्नुभयो, ‘काम थालनी भएको छ । अब निर्धारित समयमा निर्माण सम्पन्न गराउनेमा हाम्रो ध्यान हुनेछ ।’ यसको निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म हो । आर्किटेक्ट डिजाइनर इरु श्रेष्ठका अनुसार ४४१ दशमलव १४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सत्तलको चौडाइ १८ फिटको हुनेछ । सत्तल मौलिक स्वरुपमा २ तलाको हुनेछ । लम्बाइ दक्षिणतर्फ १४८ फिट र पश्चिमतर्फ १४७ फिटको हुनेछ । हरेक तला ३ हजार ८८१ वर्गफिटका हुनेछन् । श्री ५ सुवर्णप्रभा महारानीले साके संवत् १७३० मा निर्माण गराएको सत्तल वि