सुस्तामा बाढीको वितण्डाः ३ सय जनाको उद्धार, प्रहरी चौकीसमेत डुबानमा

  • शनिबार १० असो २०८३ ०६:३० AM
परासी– नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुवानमा परेको छ । बाढी बस्तीमा पसेपछि सयौं परिवार विस्थापित भएका छन् । सुरक्षाकर्मीले जोखिममा परेका स्थानीयको उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरीका अनुसार हालसम्म ७५ घरका ३ सय जनालाई उद्धार गरी सुरक्षित आश्रयस्थलमा सारिएको छ । घरमै बसिरहेका बेला बस्ती डुवानमा परेपछि स्थानीयलाई सुरक्षाकर्मीले भित्रै