कालीगण्डकीमा पानीको बहाव बढ्यो, तीन जिल्लाका तटीय बासिन्दालाई सतर्क रहन आग्रह

  • शनिबार १० असो २०८३ ०७:०० AM
बागलुङ । अविरल वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । नदीको बहाव बढेपछि बागलुङ, पर्वत र म्याग्दीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । मुस्ताङतर्फबाट लेदोसहितको बाढी कालीगण्डकीमा मिसिएपछि नदीको बहाव बढिरहेको प्रहरीले जनाएको छ । नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह