मौसम नखुलेसम्म धान नकाट्न मौसमविद्को आग्रह

  • शनिबार १० असो २०८३ ०७:१२ AM
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । विभागका मौसमविद् रोजन लामिछानेले हालको प्रतिकूल मौसममा हतार गरेर धान काट्दा बालीसँगै जनधनको समेत क्षति हुनसक्ने भन्दै