न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

  • शनिबार १० असो २०८३ ०५:५७ AM
न्यूयोर्क– परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा नेपाली डायस्पोराका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोड्नुपर्ने बताए । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा डायस्पोराका प्रतिनिधिले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन र नेपालको विकासमा उनीहरूको सम्भावित योगदानबारे प्रस्तुति