डोल्पामा पहिरोसँगै खसेको ढुंगाले लागेर गोठमा सुतेका युवकको मृत्यु

  • शनिबार १० असो २०८३ ०६:०२ AM
डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ खलवलगाडमा पहिरोसँगै खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मनरूप केसी छन् । उनका दाइ ३८ वर्षीय रूपचन्द्र केसी घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू घरभन्दा केही तल त्रिपालले बनाइएको गोठमा सुतिरहेका थिए । अविरल वर्षासँगै शुक्रबार राति करिब १० बजे पहिरोसँगै खसेको