काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्कंदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्नेछन् । प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए । उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए