काठमाण्डु – लगातारको वर्षा र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा ढुंगा तथा लेदो खस्दा पृथ्वी राजमार्गको आवागमन प्रभावित भएको हो। माथिल्लो भागबाट ढुंगा र लेदो खस्ने क्रम नरोकिएपछि सडक खुलाउने