कोशीमा पानीको बहाव उच्च, ४२ ढोका खोलिए

  • शनिबार १० असो २०८३ ०३:५५ AM
काठमाण्डु – सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ८ बजेको मापनअनुसार नदीमा प्रतिसेकेन्ड ३ लाख १३ हजार ३ सय क्युसेक पानीको बहाव रहेको छ । सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहावलाई जोखिमपूर्ण मानिन्छ। पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप