काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार विगत दुई दिन अत्यधिक वर्षा