नेपाल र जापानबीचको खेल वर्षाले रद्द, समूहविजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

  • शनिबार १० असो २०८३ ०३:३२ AM
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट