नयाँ कुमारी आर्यतारा शक्यको पहिलो इन्द्रजात्रा शुक्रबार काठमाडौंमा विशेष रूपमा मनाइएको छ । गत वर्ष कुमारीका रूपमा नियुक्त भएकी आर्यताराले पहिलोपटक इन्द्रजात्राको अवसरमा नगर परिक्रमा गरेकी हुन् । इन्द्रजात्राका क्रममा कुमारीसँगै गणेश र भैरवलाई पनि रथमा राखेर काठमाडौंका भित्री क्षेत्रमा परिक्रमा गराउने परम्परा छ । तीन जीवित देवतालाई तीन छुट्टाछुट्टै रथमा राखेर गराइने यो यात्रा