सुर्खेत । लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली करिडोर, राप्ती राजमार्गसहित विभिन्न सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । रुकुमपश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउन डिभिजन सडक कार्यालय चौरजहारीअन्तर्गतको मेसिन परिचालन गरिएको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए । उनका अनुसार करिब दुई घण्टामा सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको कर्णाली ... The post पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध appeared first on Kalika Khabar.