काठमाण्डु – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बागमती, कोशीसहित विभिन्न प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौँ सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा असोज ९ गते बिहानै