नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन प्रक्रिया व्यवस्थित गर्न तथा विभिन्न समितिबीच समन्वय र सहजीकरणका लागि समितिहरू गठन गरिएको हो । नेपाली कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशन व्यवस्थापनका क्रममा आवश्यक निर्णय लिन, विभिन्न समितिहरूको कामको समन्वय गर्न