एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको थियो । निर्धारित १५ ओभरमा नेपालले चार विकेट गुमाउँदै १४९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५७ रन बनाए । उनले ३२ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे