परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित ‘समूह(७७ र चीन’ को ५०औँ वार्षिक बैठकमा उनले यस्तो धारणा राखेका हुन् । मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक