टी–२० वरियतामा नेपालको सुधार

  • शुक्रबार​ ९ असो २०८३ ०४:१५ PM
नेपालको टी-२० वरियतामा दुई स्थानको सुधार आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालको २ स्थानको सुधार आएको हो। नेपाल १६औं स्थानबाट १४औं स्थानमा उक्लिएको छ। नेपाल लामो समयदेखि १६औं स्थानमा यथावत रहेको थियो। नेपालले आजै एशियाली खेलकुद अन्तर्गत अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। टी–२० अन्तर्राष्ट्रियको शिर्ष स्थानमा भारत रहेको छ।