राष्ट्रिय कराते च्याम्पियनसिपको मिति तय, असोज १० गते खुसीबुमा प्रतिस्पर्धा

  • शुक्रबार​ ९ असो २०८३ ०३:२९ PM
काठमाडौं । नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघको आयोजनामा छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिता २०८३ असोज १० गते शनिबार बिहान ७ बजे काठमाडौंको खुसीबुस्थित जुडो हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट कराते खेलाडी तथा टिमहरूको सहभागिता रहने जनाइएको छ। कराते खेलको विकास, विस्तार तथा खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको मूल नारा ‘उत्कृष्ट कला, सशक्त प्रहार : स्वर्ण पदक हाम्रो लक्ष्य र अधिकार’ ... The post राष्ट्रिय कराते च्याम्पियनसिपको मिति तय, असोज १० गते खुसीबुमा प्रतिस्पर्धा appeared first on Kalika Khabar.