काठमाण्डु– सरकारले पहिलोपटक दलित समुदायको पहिचानलाई स्पष्ट पार्दै उनीहरूले प्रयोग गर्ने थर तथा उपथरहरूको विस्तृत सूची सार्वजनिक गरेको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै दलित समुदायको परिभाषासहित पहाडी र मधेशी दलित समुदायअन्तर्गत प्रयोग हुने थरहरूको वर्गीकरण गरेको हो। राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको दलित समुदायको परिभाषा तथा थर सूचीकरणसम्बन्धी विवरण महिला, बालबालिका,