विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला पछिल्लो ३० दिनदेखि सम्पर्कविहीन छिन्। अपर त्रिशूली–१ आयोजनामा कार्यरत उनी भदौ १० को भोटेकोशी बाढीमा परेर बेपत्ता भएकी हुन्। आफ्नी छोरीको खबरको प्रतिक्षामा रहेका परिवारमा पुग्यो बिहीबार लोकसेवा आयोगको लिखित परीक्षामा उत्तीर्ण भएको नतिजा। लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको सब-इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाले सफलता हासिल गरेकी