काठमाडौं। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६x४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६x४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ। यी दुई मोडलमार्फत कम्पनीले नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनबाट क्रमशः भारी सवारीसाधनतर्फ पनि विस्तार हुँदै गएको अवस्थामा जगदम्बा मोटर्सले नयाँ विद्युतीय विकल्प ल्याउन लागेको हो। एक्स–५०००ई ६x४ विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि लक्षित गरिएको छ। त्यस्तै, एक्स–५०००ई ६x४ विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा ... The post जगदम्बा मोटर्सले नेपाल भित्र्याउँदै स्याक्म्यानका दुई विद्युतीय हेभी सवारी appeared first on Kalika Khabar.