काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जा भारत प्रवेशको अन्तिम तयारीमा पुगेको छ। डेन्जाले सन् २०२६ भित्रै भारतीय बजारमा प्रवेश गर्ने योजनाअनुसार प्रमुख सहरका लागि डिलर सञ्जालसमेत लगभग टुंग्याएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय बजारका लागि मुम्बईमा ल्यान्डमार्क ग्रुप, बेंगलुरु र हैदराबादमा ईभीएम, चेन्नईमा केयुएन तथा गुजरात, विशेषगरी अहमदाबाद क्षेत्रमा कार्गो मोटर्सलाई बिक्री साझेदार बनाउने तयारी गरिएको छ। दिल्ली एनसीआर, हरियाणा, उत्तर प्रदेश, राजस्थान र चण्डीगढ क्षेत्रमा पासी ग्रुपअन्तर्गतको कृष्णा अटोमोबाइल्सले डेन्जाको बिक्री तथा वितरण सम्हाल्ने बताइएको छ। यीमध्ये अधिकांश समूह बीवाईडीका विद्यमान डिलर साझेदार हुन्। डेन्जाको भारतस्थित डिलर ... The post बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जा भारत प्रवेशको अन्तिम तयारीमा, डी९ पहिलो मोडल बन्ने appeared first on Kalika Khabar.