रास्वपासँग सम्बन्ध र सहकार्य विस्तार गर्न बेलायती कन्जरभेटिभ पार्टी इच्छुक

  • शुक्रबार​ ९ असो २०८३ ०१:५८ PM
लण्डन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक अमित जोगियाबीच लण्डनमा भेटवार्ता भएको छ। भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो। सो अवसरमा नेता कार्कीले नेपालमा गत