कपिलवस्तु, ०९ असोज । कपिलवस्तुको बाणगंगा नदीमा हामफालेका एक जना पुरुष बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब ३ बजे बाणगंगा नदीको पुलबाट कपडा खोलेर नदीमा हामफालेका पुरुष केही परसम्म बग्दै गरेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सूचनापछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी