विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरूले विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै अभियान घोषणा गरिएको हो । अभियानले शक्तिशाली राजनीतिक संगठनको जग निर्माण गर्नुका साथै सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य लिएको छ । अभियान घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी