वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर, टेन्टभित्र पानी पस्दा समस्या

  • शुक्रबार​ ९ असो २०८३ ०२:०५ PM
भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् । बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी छ । खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो । टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ताकपडा तथा