करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

  • शुक्रबार​ ९ असो २०८३ १२:१८ PM
बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए । घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए